.

मेरो बारेमा

आफ्नै परिचय त सायद बन्न सकेको छैन होला । तर पनि बनाउने प्रयासमा अहोरात्र जुटिरहेको छु ।
स्याङ्जा जिल्ला, तुलसीभञ्ज्याङ गाविस वडा नं ४, दिमिकमा २०४५ साल मंसिर २२ गते बुधबारका दिन माता खिना ज्ञवाली तथा पिता हुमनाथ ज्ञवालीको जेठो सन्तानको रुपमा जन्मेको म जीवनलाई घिसार्ने क्रममा २०६१ सालदेखि २०६८ सालसम्म चलेको प्रेम अचानक टुट्न गई विक्षिप्त बन्न पुगेको थिएँ । त्यही विक्षिप्ततामा म वेहोसी भै कस्तो स्थितिबाट कसरी आएँ, त्यो त प्रेमका पुजारीहरुले राम्रोसँग बुझ्न सक्लान् । मैले त केवल त्यो चोखो प्रेमबाट ‘असफल–प्रेमी’ को उपनाम प्राप्त गरें । त्यसपछि एकान्तको सहारामा टुक्रिएका आत्माका टुक्राहरुलाई जोड्ने प्रयासस्वरुप कतिखेर गजलसँग साइनो गाँस्न पुगेछु, थाहै भएन । आज एउटा वामे सर्दै गर्दा यात्रामा भेटिने सहयात्रीहरुको साथ, सिकाई, सहयोग, प्रेरणा र हौसलाका कारण मेरो प्रयासले ब्लग साइटको रुपमा विकसित हुने अवसर पायो । आशा छ, आगामी दिनहरुमा पनि यहाँहरुको यस्तै पूर्ण साथ, सहयोग, विश्वासले अगाडि बढ्ने प्रेरणा  मिलिरहनेछ ।

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग